तान्त्रिक ध्यानको अभ्यास

तान्त्रिक ध्यानका विधिहरुप्रति मानिसहरुको आकर्षण वर्तमान समयमा बढ्दै गएको पाइन्छ । तान्त्रिक विधिहरुका आफ्नै विशेषता हुन्छन् । तन्त्रको मूलभूत मान्यता जीवनका सबै पक्षहरुलाई स्वीकार गर्नु हो । घर परिवार र जागिर पेशा सम्हालेर पनि ध्यानको अभ्यासप्रति रुचि र उत्सुकता भएका सबैका निम्ति तन्त्र साधनाको विकास भएको हो । भोगश्च मोक्षश्च करस्थ एव अर्थात् कुशल व्यक्तिका लागि संसारको भोग र मोक्ष सुख एकसाथ उपलब्ध हुन सक्छ भन्ने उदात्त अवधारणामा तान्त्रिक ध्यानविधिहरु आधारित हुन्छन् । तन्त्र साधनामा उपलब्ध यावत् वस्तुव्यक्ति र परिस्थितिको उपयोग आध्यात्मिक चेतना जागृत गराउनका लागि गरिन्छ । 

मानव जीवन र जगतका सबै आयामलाई ती जस्ता छन् त्यस्तै रुपमा तन्त्र शास्त्रले स्वीकार गर्दछ । तान्त्रिक ध्यानले साधकको सम्पूर्ण दृष्टि रुपान्तरण गरिदिन्छवरिपरिका पुस्तकटेबुलकुर्सी या कोठाका भित्ताहरुमा समेत जीवन भरिदिन्छ । तन्त्रको आविष्कार र विकास समकालीन सभ्यता र समयको मागलाई सम्बोधन गर्न भएको हो । सबै कुरामा जस्तै साधनाका विधिहरुमा पनि गतिनवीनता र विकास हुँदै जानु स्वाभाविक पनि हो । विचार र स्वार्थहरुको ठेलमठेल बढ्दै गएको परिस्थितिमा होसयुक्तशान्त र आल्हादपूर्ण जीवन बिताउन चाहने सबैका लागि तान्त्रिक ध्यान उपयोगी हुन सक्छ ।

गोपनीयता

सन्त कबीरले कतै भनेका छन्, ‘हीरा पायो गाँठ गठियायो बारबार क्यों खेले ।’ उनको आशय थियोबहुमूल्य वस्तु पाउने व्यक्तिले देखाउँदै हिंड्दैन । देखाउँदै हिंड्नु प्रदर्शनप्रियता हो र यसो गर्नु आफ्नो योग्यतामा विश्वास नहुनुको लक्षण हो । वास्तविक सम्पत्तिले मानिसलाई समृद्ध बनाउँछछिचरो बनाउँदैन । तान्त्रिक अभ्यासलाई गोपनीय राखिने मुख्य कारण अदीक्षित व्यक्तिले यी अभ्यासको सदुपयोग गर्न सक्दैनन् भनेर हो । दीक्षित हुनु महत्वपूर्ण हुन्छ । स्वयंभित्रको बुद्धत्वको बीजलाई अंकुरित गर्न दीक्षा आवश्यक हुन्छ ।

शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रियान भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जपपूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छफलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।

गुरु योग

हिन्दू परम्परामा कुण्डलिनी ध्यानजैन परम्परामा प्रेक्ष्या ध्यान र थेरवादी बौद्ध परम्परामा विपश्यना ध्यान प्रख्यात भएजस्तै बज्रयानी बौद्ध परम्परामा गुरु योग प्रख्यात छ । बज्रयान प्रवेशका लागि गुरु योग प्रवेश द्वार जस्तै हो । गुरु योग तान्त्रिक ध्यान विधि हो तर यसलाई तान्त्रिक पनि भनिंदैनध्यान विधि पनि भनिंदैन । यसलाई त रत्नमण्डल समर्पण भनेर अभ्यास गरिन्छ । रत्नमण्डल समर्पणलाई तिब्बती लामाहरुले पश्चिमा शिष्यहरुलाई अभ्यास गराउँदा मण्डला अफरिङ’ भन्छन् । तान्त्रिक अभ्यासको विशिष्टता र यसका अद्भुत लाभहरु बुझेपछि शिष्यले कल्पना गर्न सकिने सम्मको सबभन्दा ठूलो उपहार गुरुलाई समर्पण गर्छ । त्यति ठूलो उपहार समस्त ब्रह्माण्ड नै हुनसक्छअरु केही पर्याप्त हुँदैन । आँखाले र मनले ठम्याउन सकिनेसम्मको यो विशाल शून्यतामहाद्वीपमहासागरहिमालयचन्द्रसूर्य सहित सबै प्रकारका रत्नहरु भरिएको सुगन्धमय पृथ्वी गुरुलाई समर्पण गरेर तान्त्रिक अभ्यास आरम्भ हुन्छ । पञ्चमहाभूतले बनेको समस्त ब्रह्माण्डसौर्यमण्डलपृथ्वी र चन्द्रसूर्यसँग व्यक्तिको जीवन अन्योन्याश्रित रुपले सम्बन्धित हुन्छ । सबै समर्पण गर्नु भनेको अस्तित्वसँग पृथकता अन्त्य गर्नु र एकाकार हुनु हो ।

तान्त्रिक अभ्यासमा गुरुको अर्थ अलि व्यापक हुन्छ । बुद्धधर्म र संघ मुख्य गुरु हुन् । चेतनशील मानिसका रुपमा जन्म लिन सहयोग गरेका बाबुआमा गुरु हुन् । तान्त्रिक अभ्यासमा दीक्षित गराउने माध्यम बनेका व्यक्ति गुरु हुन् । तान्त्रिक अभ्यासको परम स्रोत एउटै होविभिन्न व्यक्तिलाई माध्यम बनाएर परम्परा चलिरहन्छस्रोत बहिरहन्छ । सबभन्दा मुख्य गुरु त हरेक व्यक्तिको आफ्नै मन हो । 

पद्मसम्भवले गुरु शब्दको अर्थ तीन तहमा बुझ्नुपर्ने बताएका थिएबाह्यआन्तरिक र प्रच्छन्न । बाह्य गुरु तान्त्रिक अभ्यासमा डोर्‍याउने व्यक्ति हुन सक्छन्आन्तरिक गुरु जुन इष्टदेवलाई आराध्य बनाइएको छ ती इदम् हुन सक्छन् र प्रच्छन्न गुरु त अभ्यासकर्ता व्यक्ति स्वयंको मन हो । यही मन बुद्धू भएर जीवनभर आयातीत विचारहरुको पछि दौडिरहेको हुन्छ । यही मन बुद्ध भएर निर्वाणको सुख अनुभूति गर्न सक्छ । मनको बुद्ध स्वभाव चिन्न सक्षम बनाउनु तान्त्रिक अभ्यासको ध्येय हो ।

ध्यानको अभ्यास

ध्यानको अभ्यासको ध्येय चित्तको निर्मलप्राकृतिक या स्वाभाविक अवस्था प्राप्त गर्नु हो । चित्त विशुद्धिसँगै चित्त स्वाभाविक अवस्थामा फर्कन्छ । चित्त विशुद्धिका लागि देह विशुद्धि पहिलो शर्त हो ।

योगामृतेक रसपान विशुद्धिचित्तंपीठादिदेश गमनेन विशुद्धिदेहम् ।

अर्थात् चित्त विशुद्धिका लागि योगको अभ्यासबाट प्राप्त अमृत रस पिउनुपर्छ । त्यसभन्दा पहिला देह विशुद्धिका लागि पीठहरुको तीर्थाटन र आराधना गर्नुपर्छ । चित्त विशुद्धिका लागि गरिने योगाभ्यास नै ध्यान हो । तान्त्रिक ध्यानको अभ्यास बहुआयामिक हुन्छ । अभ्यासको क्रममा एउटा कल्पनातीत परिदृश्य निर्माण गरिन्छ जसमा रङ्ग भरिन्छवर्ण तय गरिन्छआकार दिइन्छसुगन्ध थपिन्छ र एक अभूतपूर्व भावभूमि तयार गरिन्छ । यी सबै उपक्रमहरु मार्फत इन्द्रियहरुलाई पूर्णतया इङ्गेज गराइन्छ । 

साधना गहिरिंदै जाँदा अभ्यासकर्ता जहाँ बसेको छ त्यहाँ बसेको हुँदैनजसको ध्यान गरिरहेको हुन्छ त्यो इष्टदेव त्यहाँ हुँदैनजेजस्ता विधिहरु अनुसरण गरिरहेको हुन्छ ती विधि त्यहाँ हुँदैनन् । समयक्रममा एक क्षण यस्तो आउँछ जसमा अनायासै शून्यताको बोध हुन्छ र अहङ्कार पूर्ण रुपले गल्छ । अहङ्कार गलेसँगै रुपान्तरण घटित भइसकेको हुन्छ । ध्याताध्येय र ध्यान एकाकार भइसकेको हुन्छ । अभ्यासकर्ता रुपान्तरित भइसकेको हुन्छ । संसार र निर्वाण भिन्न प्रतीत हुँदैनन्संसार नै निर्वाण स्वरुप भइसकेको हुन्छ । यही अवस्थालाई बौद्ध दर्शनमा अद्वय अवस्था भनिन्छ ।

अद्वय ज्ञान

बौद्ध परम्पराका अभ्यासहरुको वैशिष्ट्य के हो भने ध्यानले ज्ञानोदय गराउँछ र ज्ञानले ध्यानलाई गहिरो बनाउँछ । हिन्दू परम्परामा भने ध्यानको अभ्यासलाई समान महत्व दिएको देखिंदैन । वेदान्तीहरु भन्छन्ब्रह्मविद् ब्रह्मैव भवति अर्थात् ब्रह्मलाई जान्ने व्यक्ति ब्रह्म नै हुन्छ । ज्ञानले मुक्ति दिन्छकुनै अभ्यासको जरुरत पर्दैन । बुद्धले यो वेदान्ती मान्यतालाई अधुरोअपुरो देख्नुभयो र भन्नुभयो नत्थि झानं अपञ्ञस्य नत्थि पञ्ञां अझायत अर्थात् प्रज्ञा नभए ध्यान लाग्दैनध्यान नगर्नेको प्रज्ञा पुष्ट हुँदैन । बुद्धको दृष्टि साङ्गोपाङ्ग प्रतीत हुन्छ ।

तान्त्रिक ध्यानमा खासगरी गुरुयोगको अभ्यासले जीवन र जगतको अद्वय ज्ञान अनुभूति गराउँछ । जीवन र जगत् भिन्न होइनएउटै हो भन्ने बोध गराउँछ । बौद्ध तन्त्रअनुसार चित्तले जब अद्वय ज्ञान साक्षात्कार गर्छतब चित्त नै संसार हो र चित्त नै निर्वाण हो भन्ने रहस्य बोध हुन्छ । 

वासनायुक्त चित्त हजारौं विचारहरुको घना जंगलमा अलमलिइरहेको हुन्छहराइरहेको हुन्छ । यस्तो अवस्थामा चित्त बिजुलीजस्तै चञ्चल हुन्छ । चित्तमा राग एवं द्वेष जस्ता दुर्गुणहरु टाँसिएका हुन्छन् । यस्तो चित्त हुनु नै संसार हो । बौद्ध तान्त्रिक अनङ्गबज्रले भनेका छन्यही चित्त जब प्रकाशमान हुन्छविचारहरु स्थिर हुन्छन्रागद्वेषहरु विलीन हुन्छन् र चित्त ग्राह्य एवं ग्राहक भावबाट मुक्त हुन्छभावातीत हुन्छ या अद्वय ज्ञानयुक्त हुन्छ तब यही चित्त निर्वाण हुन्छ । यसप्रकार चित्त विशुद्धिअद्वय ज्ञान र निर्वाण क्रमशः फलित हुन्छन् ।

व्यावहारिक प्रयोग

तान्त्रिक ध्यानको अभ्यासको व्यावहारिक उपयोग बृहत्तर छ । गुरु नरेशमान बज्राचार्यका अनुसार तान्त्रिक अभ्यास एक प्रकारले मनको प्रशिक्षण हो । अन्य अवस्थामा व्यर्थका विचार र काममा अल्मलिइरहने मनलाई साधनामार्फत प्रशिक्षित गरिएपछि मन एकाग्र हुन्छ । मनको एकाग्रता अन्ततः ध्यानमा रुपान्तरित हुन्छ ।’ ध्यानले मनलाई शुद्ध बनाउँछ । मन शुद्ध हुनु नै व्यक्ति बुद्ध हुनु हो । बुद्धत्व अनुभूतिसँगै साधकमा अभेद दृष्टि विकसित हुन्छ । जब व्यक्तिले जीवन र जगत्लाई भिन्न देख्दैन उसमा जगत्का समस्त वस्तुप्रति नैसर्गिक प्रेम पैदा हुन्छ । 

सडक या टोलको सरसफाइ तान्त्रिक अभ्यासकर्ताका लागि आफ्नै शरीरको सरसफाइ जत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । उसले समस्त प्रकृतिलाई आफ्नो ठान्छ र प्रेम गर्छवातावरणसँग आफ्नो अभिन्नता बोध गर्छ र वातावरणलाई प्रेम गर्छ । सबै दुःखी मानिसप्रति करुणायुक्त हुन्छ र उनीहरुलाई दुःखबाट मुक्त गर्न हर तरहले प्रयत्न गर्छ ।

मिति २८ साउन २०७४ मा नागरिक दैनिकमा प्रकाशित ।
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3109#page/8