सत्यको नजिक नजिक ~~~ <3 <3
कुनै राजा एक ऋषिलाई भेट्न जंगलको कुटीमा पुगे । ऋषि कुटीमा थिएनन् । शिष्यहरूले 'ऋषि वनविहारका लागि जानुभएको छ' भन्दै बटुवालाई पर्खन सुझाए । एक शिष्यले उनलाई पिंढीमा बस्न भने, बटुवा त्यहाँ बसेनन्; आँगनमा बस्न भने, बटुवा त्यहाँ पनि बसेनन्; बगैंचामा रुखमुनि बस्न भने, बटुवा त्यहाँ पनि बसेनन्; यताउता ओहोरदोहोर गरिरहे ।
निकै बेरमा ऋषि आइपुगे । शिष्यहरूले भने, 'एउटा बटुवा तपाइँलाई भेट्न आएको छ तर कुनै आसनमा बस्न मानेन, अहिलेसम्म बगैंचामा ओहोरदोहोर गरिरहेको छ ।' ऋषिले बगैंचातिर हेर्दै भने, 'ए ! ती बटुवालाई चिनेनौ? ती हाम्रो देशका राजा हुन् । राजालाई सुहाउने आसन हाम्रो कुटीमा नभएको हुँदा उनी कहीं बस्न नसकेका हुन् ।'
मन राजा हो । यसलाई उचित आसन चाहिन्छ । जहींतहीं मन टिक्दैटिक्दैन । मनलाई स्थिर बनाउने स्थान, व्यक्ति वा वस्तु नमिल्दासम्म बेचैनी हुन्छ । तर मिलेपछि व्यर्थ लाग्छ । मिल गया तो मिट्टी ।
धन, मान या ज्ञानका सीमा हुन्छन् । यी नपाउँदासम्म मनले पछ्याइरहन्छ, पाएपछि मन उब्न थाल्छ । अर्थोक खोजी गर्छ । ब्लेकले भनेका छन् 'लेस द्यान एभ्रिथिङ क्याननट स्याटिस्फाइ ए म्यान ।'
मन कसरी थिर हुन्छ त? म सोच्दै थिएँ । कतै पढ्न पुगें, 'विश्वसाहित्यको उत्कृष्ट कृतिमा तीन घण्टा डुब्नु र त्यसै तीन घण्टा बाँचेर बसिरहनुमा पछिल्लोमा कता हो कता धेरै साहित्य हुन्छ । अस्तित्त्वभन्दा ठूलो साहित्य केही छैन ।' यसो भन्ने इन्द्रबहादुर राई सत्यको नजिक पुगेको देख्छु ।
'क्षणमप्यवतिष्ठते श्वसन्यदि जन्तुर्ननु लाभवानसौ ।' एक क्षण बाँच्नु पनि अद्भुत कुरा हो । श्वास लिंदा जीवन, फेर्दा अवसान । हरेक श्वास नयाँ जन्म, नयाँ जीवन हो । यो स्थिरताले अनन्त ऊर्जा सञ्चय हुन्छ, यो ऊर्जाले एक्लै रमाउन सकिन्छ, हरपल खिलखिलाएर हाँस्न सकिन्छ । यो ऊर्जा सञ्चय भएपछि हामी पनि भन्न सक्छौं ~~
जिस्म के बाहर मैं खुशियाँ ढूँढने नहीं जाता ।
मेरे अन्दर का सुकून आपको अन्दाज नहीं । <3